अमेरिकाले नेपाली लगाएत अन्य देशका नागरिककालागि दिदै आएको टीपीएस सुविधा खारेज ।

Share This Article:

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

२०८२ जेठ २४ ।
संयुक्त राज्य अमेरिकाले प्राकृतिक प्रकोप, सशस्त्र द्वन्द्व, महामारी जस्ता कारणले आफ्नै देशमा सुरक्षित बसोबास गर्न नसक्ने अवस्था सिर्जना भइ अमेरीकामा अस्थायी आप्रवासीका रूपमा काम गर्ने अनुमति दिने उद्देश्यले प्रदान गरिँदै आएको टीपीएस सुविधा खारेज गरेको छ। सन् २०१५ (वि.सं. २०७२) को विनाशकारी भूकम्पपछि नेपालमा यस्तो स्थिति देखिएको ठहर गर्दै अमेरिकी सरकारले सोही वर्षदेखि नेपाली नागरिकहरूलाई टीपीएस प्रदान गर्न थालेको थियो।
नेपाली नागरिकलाई प्रदान गरिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय गरेको छ। अमेरिकी गृह सुरक्षा विभाग (डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी) को निर्णयअनुसार बिहीबारदेखि लागू हुने गरी आगामी ६० दिनभित्र अमेरिकामा टीपीएसको आधारमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले स्वेच्छिक रूपमा अमेरिका छोड्नुपर्ने वा अन्य वैकल्पिक कानुनी व्यवस्था खोज्नुपर्ने भएको छ। टीपीएस खारेजीबाट करिब ७ हजार ५ सय नेपाली प्रत्यक्ष प्रभावित हुने बताइएको छ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस)को वेबसाइटमा सार्वजनिक सूचनाअनुसार, नेपालको वर्तमान परिस्थितिको समीक्षा तथा सम्बन्धित सरकारी निकायहरूसँगको परामर्शपछि यो निर्णय गरिएको हो। यो निर्णयसँगै सन् २०२५ अगस्ट ५ पछि टीपीएसको आधारमा अमेरिका बसोबास गरिरहेका नेपालीहरू गैरकानुनी ठहरिनेछन्। यसअघि उनीहरूलाई सन् २०२४ डिसेम्बर २४ सम्मका लागि टीपीएस सुविधा दिने व्यवस्था गरिएको थियो।
अमेरिकी प्रशासन विशेषगरी ट्रम्प कार्यकालयता अवैध आप्रवासनबारे कडा नीति अवलम्बन गर्दै आएको छ। सोही नीतिअनुरूप टीपीएसको भरमा अमेरिकामा बसोबास गरिरहेका थप नेपालीहरू पनि फर्किनुपर्ने स्थिति आएको हो।

Tags :

admin

admin@cidkhabar.com https://cidkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter

No spam, notifications only about new products, updates.

[contact-form-7 id="b565394" title="Untitled"]

Categories

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित