२०८२ असार ०१ ।
नेपाल फार्मेसी परिषद्ले मिति २०८२ बैशाक १९ गते २८औ नाम दर्ता परीक्षाको दरखास्त फारम (डिप्लोमा इन फार्मेसी र ब्याचलर इन फार्मेसी )भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना प्रकासन गरि मिति २०८२ बैशाक २१ गते बिहान १० बजे देखि मिति २०८२ जेठ ११ गते राति १२ः०० बजे सम्म आवेदकलाई परीक्षाको आवेदन भर्ने समय राखि आवश्यक कागजपत्र सहित अनलाइन फारम भर्न भनेको थियो । मिति २०८१ जेठ २१ गते अर्को सूचना प्रकाशन गरी परीक्षाको समय र केन्द्र तोकिएको थियो । हिजो भएको डिप्लोमा इन फार्मेसीको परीक्षा केन्द्र श्री नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थान, सानोभर्याङ, काठमाण्डौमा दुइ सिफ्ट शत्रमा (बिहान १० बजे देखि र दोस्रो सिफ्ट १ बजे देखि भने पनि २ बजेबाट ) शुरु भएको थियो भने ब्याचलर इन फार्मेसीको परीक्षा मिति २०८२ असार ०७ गते हुनेछ । हिजो २०८२ जेठ ३१ गते भएको फार्मेसी सहायक तर्फको नतिजामा जम्मा ४७.८१ प्रतिशत विद्यार्थीहरु पास हुन सफल भएका छन ।
नतिजा
जम्मा उपस्थित संख्या : १९१८
पास : ९१७
फेल : ९९१
रोक्का : १०
पास प्रतिशत : ४७.८१

