२०८२ असार ०४ काठमाडौं ।
नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डविरूद्धको खेलमा २ विकेटले जित निकालेको छ। ९८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको १ बल बाँकी छँदा ८ विकेटको नोक्सानीमा लक्ष्य पुरा गरेको हो। सन्दीप लामिछानेले १ रन बनाउँदै नेपालको पक्षमा नतिजा पार्न सफल भएका हुन् । ९८ रनको लक्ष्य चुम्न १ रन बाँकी रहँदा ब्याटिङका लागि मैदानमा उत्रिएका सन्दीपले १ बल खेल्दै करन केसीको साथमा १ रनको लक्ष्य पुरा गरे ।
नेपालका लागि
लोकेश बम ५ बलमा ९ रन
अनिल साह ३ बलम ३ रन
कुशल भुर्तेलले ३५ बलमा ३० रन,
दिपेन्द्र सिंह एरीले २१ बलमा १४ रन,
बसिर अहमदले १४ बलमा १३ रन
किरन ठगुन्नाले १६ बलमा १० रन
रोहित पौडेलले १४ बलमा ७ रन
रुपेश सिंहले ७ बलमा ३ रन
करण के.सी.ले ३ बलमा ३ रन (अविजित)
सन्दीप लामिछानेले १ बल १ रन (अविजित
नेदरल्याण्डसँगको खेलमा नेपालले पहिलो पटक जित हासिल गरेको हो । यसअघि २०१३ मा यूएईमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । मंगलबारको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा ब्याटिङमा आएको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भयो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.५ ओभर खेल्दै ८ विकेटको नोक्सानीमा सहजै लक्ष्य पुरा गर्यो। नेपालका लागि बलिङतर्फ करण केसीले २, सन्दीप लामिछानेले ४ र दीपेन्द्रसिंह ऐरी ,लोकेश बम, ललित राजवंशीले १(१ विकेट लिए । प्रतियोगिमा ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका सन्दीप म्यान अफ द म्याद घोषित भएका छन् ।