त्रिदेशीय टी-२०आई शृंखलामा नेदरल्याण्ड्सलाई हराउदै नेपालको दोस्रो जित ।

Share This Article:

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

२०८२ असार ०६ काठमाडौं ।

त्रिदेशीय टी-२०आई शृंखलामा नेदरल्याण्ड्सलाई हराउदै नेपालको दोस्रो जित ।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त रन १९.४ ओभरमा पुरा गर्दै स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी(२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको प्रभावशाली जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । त्यस्तै आरिफ शेखले ३९ रन बनाए ।आरिफ नेपालको स्कोर १६८ रन हुँदा रिटार्य हर्ट भएका थिए । यस्तै टी२०आईमा डेब्यू गरेका भीम सार्कीले २७ रन बनाए । दिपेन्द्रसिंह ऐरी १६ रनमा अविजित रहे । लोकेश बमले विजयी छक्का प्रहार गर्दै १२ रनमा अविजित रहे ।
नेदरल्याण्ड्सका लागि ओपनिङ ब्याटर माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का सहित ८६ रनको आक्रमक पारी खेलेका थिए । त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले । नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ । नेपालले यसअघि नेदरल्याण्ड्ससँगको खेलमा तीन सुपर ओभर खेल्दा पराजित भएको थियो । यस्तै स्कटल्याण्डलाई पराजित गरेको थियो ।

Tags :

admin

admin@cidkhabar.com https://cidkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter

No spam, notifications only about new products, updates.

[contact-form-7 id="b565394" title="Untitled"]

Categories

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित