२०८२ असार १३ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै ग्रेडबृद्धि गर्न चाहने र मौका परिक्षाको लागि भोली सूचना प्रकासित हुनेछ । जसमा नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।
एसईई परीक्षको नतिजा
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१।६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७
