२०८२ असार २० ।
आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती तथा भानुभक्त मेमोरियल विद्यालयको हीरक जयन्तीको पूर्व सन्ध्यामा हिजो असार १९ गते आयोजना गरिएको उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय स्थलगत आशु कविता लेखन तथा वाचन कार्यक्रम एक कार्यक्रमको बिच सम्पन्न भयो ।
काठमाडौं उपत्यकाभित्र रहेको करिव २० वटा विद्यालयको सहभागिता रहेको उक्त कवितालेखन तथा वाचन कार्यक्रममा कवितालेखन कार्यक्रम स्थलमानै शीर्षक दिई लेखन कार्य सम्मन्न भएको थियो भने अन्तिम छनौटमा परेका १५ प्रतिष्पर्धी प्रतियोगीलाई वाचनमा सहभागी गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा. नवराज लम्साल थिए र उनले आफ्नो मन्तव्यको क्रममा विद्यार्थीले आफूले बनाउने आफ्नो दैनिकी नियमको उल्लङ्घन नगरिकन अगाडि बढेमा विद्यार्थी जीवन मात्र नभई जीवननै सार्थक हुने बताएका थिए । त्यसै गरि विशेष अतिथिको भूमिकामा बसेका प्रा.डा. देवी नेपालले पुरस्कार जित्नु नै सबै थोक नभएको कवितालाई निरन्तर लेखेर समाजसामू परिचित हुनु नै सबैथोक रहेको आशय व्यक्त गरे । निर्णायकको भूमिकामा रहेको छन्दकवि बलराम दाहालले आफ्नो छन्द कवितावाचन गरी प्रतिस्पर्धामा सहभागी पुरस्कृत विद्यार्थीको निर्णयसमेत सुनाएका थिए । कार्यक्रममा १८ विद्यालयका ३५ कविहरू सहभागी थिए। प्रथम हुने नेपाल वेद विद्याश्रम माध्यमिक विद्यालय, गौशालालाई रु १० हजार, द्वितीय हुने रिपुमर्दिनी सैनिक आवासीय महाविद्यालय, बाँसबारीलाई रु. ७ हजार तृतीय हुने सैनिक आवासीय महाविद्यालय, भक्तपुरलाई रु ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रम संयोजन पुरुषोत्तम लामिछानेले गरेका थिए भने कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानध्यापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन ।


